२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै प्रहरी र एम्बुलेन्स चालकको कोरोना बिमा गरिदिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतका सम्पुर्ण तहका प्रहरीहरुको कोरोना बिमा गरिदिने घोषणा गरेका छन् ।

कोरोना माहामारीमा फ्रन्टलाइन खटिएर बिरामी ओसारपसार गर्न अहोरात्र खट्ने एम्बुलेन्स चालक तथा प्रहरीहरूको जोखिमलाई मध्यनजर राख्दै कांग्रेस पार्टिका खेलकुद विभाग प्रमुख समेत रहेका पूर्वमन्त्रीले उनीहरुको सम्मान गर्दै बिमा गरिदिएका हुन् । हाल जिल्लामा साढे तीनसयको हाराहारीमा प्रहरी कार्यरत छन् ।

यसअघि उनले जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको बिमा गरिदिएका थिए । जिल्लावासीको सुखदुखमा सधै सारथी बनेका पूर्व मन्त्री बस्नेतले यसअघि कोरोनाबाट पहिलो मृत्यु भएकि राम्चेकि एक महिलाको बच्चालाई पालनपोषणको लागि पनि ५० हजार नगद दिएका थिए भने उनको शिक्षादिक्षा र रोजगारको समेत जिम्मेवारी लिएका थिए ।

देशमा कोरोना संकट सुरु भएदेखि नै पूर्वमन्त्री बस्नेतले आफ्नो जिल्लामा यसबारे विशेष जनचेतना जगाउँदै स्वास्थ्यसामाग्री वितरण गर्दै आएका छन् । उनले लाखौं मुल्य पर्ने पीपीइ, माक्स र स्यानिटाएजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । पूर्वमन्त्री बस्नेतले जिल्लामा परेको आपद विपदमा सधैं अग्रभागमा खटिएर सेवा गर्दै आएका छन् ।