४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीलाई हराउँदै चेल्सी च्याम्पियन



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको मेटलाइफ रंगशालामा भएको फाइनलमा चेल्सीलाई जित दिलाउन कोल पाल्मेरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे । तिनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

२२ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा पाल्मेरले थप गोल गर्दै अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पेड्रोले गोल थप्दै चेल्सीलाई ३–० ले अघि बढाए । त्यसपछि दोस्रो हाफमा कुनै गोल भएन र च्याम्पियन्स लिग विजेता पिएसजीलाई हराउँदै चेल्सी च्याम्पियन बन्यो ।