२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छः मन्त्री यादव



अ+ अ-

कैलाली। खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताउनुभएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत लम्कीचुहा सहलगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउनुभयो ।

मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा विकासका थुप्रै पूर्वाधार निर्माण गरिएका भए पनि लम्कीचुहा नगरपालिकामा खानेपानीको समस्या भएका कारण यहाँका नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्यले उक्त आयोजनाको शिलान्यास गरिएको उल्लेख गर्नुभयो ।

“देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो”, उहाँले भन्नुभयो, “यही राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउँदै हामी अहिले गाउँ–शहर, हिमाल–पहाड–तराईसम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा नयाँ गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ ।”

सुरक्षित खानेपानी सबै नागरिकका लागि मौलिक अधिकार मात्रै होइन, समृद्धि र सामाजिक न्यायको आधार पनि हो भन्ने दृष्टिकोणले सरकारले यस क्षेत्रमा दीर्घकालीन नीतिगत सुधार तथा पूर्वाधार विस्तारमा विशेष जोड दिइरहेको  मन्त्री यादवको भनाइ थियो । उक्त आयोजनालाई सफल बनाउन नेपाल सरकार, लम्कीचुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको तथा तोकिएकै समयमा आयोजना सफल पार्न उहाँले आग्रह गर्नुभयो ।

लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीले लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि खानेपानी समस्याबाट पीडित नागरिकलाई राहत पुग्ने बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि लम्कीचुहा–१, २, ३, ४ र ५ का कम्तीमा ७४ हजार ५०० नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो । यस आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ र लम्कीचुहा नगरपालिकाको पाँच प्रतिशत लागत साझेदारी रहेको छ ।

लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज दुई निर्माण गर्न यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबीच ठेक्का सम्झौता भई सोही दिन आयोजना कार्यालयले तोकिएको समयमा निर्माण गर्न कार्यादेश दिइएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभयो । आयोजनाको लागत रु २९ करोड ४८ लाख ३२ हजार रहेको छ । सो आयोजना आगामी २०८५ असारसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव कमलराज श्रेष्ठ, लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारी, निर्माण व्यवसायी एवं उपभोक्ता सहभागी थिए । रासस




भर्खरै