२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती करणी आरोपमा युवक पक्राउ



अ+ अ-

लहान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । 

सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।