५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने



अ+ अ-

काठमाडौँ। सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।

आज राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाईजात्रा महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

संस्थाका प्रवक्ता किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन साउन २४ देखि ३१ गतेसम्म महोत्सव आयोजना गरिने बताउनुभयो ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको नेपालको पहिचान रक्षार्थ सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोड दिने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

संस्थानले गत वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर गाईजात्रा महोत्सव आयोजना गर्न थालेको हो । यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा अन्य लोकप्रिय कलाकारहरू विशेष प्रस्तुति रहने जनाइएको छ ।

महोत्सवमा सहभागिताका लागि रु एक हजार तथा ५०० का टिकटको व्यवस्था गरिएको छ । टिकट संस्थानको कार्यालय र संस्थानको ‘वेबसाइट’मार्फत उपलब्ध जनाइएको छ । रासस