२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर बालिकाको मृत्यु



अ+ अ-

सर्लाही । करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बेवारिसे शव फेला

सर्लाहीको वाग्मती नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । वाग्मती नगरपालिका–७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५०र५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। 

खोलाले बगाएर लयाएको अवस्थमा शव सडेको अवस्थमा फेला परेको उनले बताए । फेला परेको पुरुषको उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।