२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको आम्दानी १० अर्ब, खर्च १३ अर्ब



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ५२.१३ प्रतिशत बराबरको बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा महानगरले बजेटबाट कुल १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च गरेको हो ।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

जसमा खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताईन् ।

महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ ।

असार २७ गतेसम्म महानगरपालिकाले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।