३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारसम्बन्धी विधेयक ‘कोमा’मा पुग्योः सांसद थानी



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गर्नुभयो । कानून निर्माण प्रक्रियालाई हलुका ढंगबाट लिने प्रवृत्तिका कारण आम जनताले प्रश्न गरिरहेको बताउनु भयो ।

सांसद थानीले भन्नुभयो, ‘आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ । म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन् । भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ । एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो । तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ । मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ ।’

सांसद थानीले आज मुलुकमा भ्रष्टाचार कहाँ छ होइन, कहाँ छैन भन्ने परिस्थिति पुगेको बताउनु भयो ।