३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ, मुलुक विचौलियाले चलाइरहेको पुष्टि भयोः माओवादी सांसद राई



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक विचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गर्नुभयो । उहाँले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ । मुलुक बिचौलियाहरुले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुनेगरी आएका समाचारहरु बढ्दै छन् । समाचारमा आएको विषय मन्त्रीज्यूको मात्र विषय नभएर सम्माननीय प्रधानमन्त्रीज्यूको पनि हो । कुनैपनि मन्त्रीवारे विवाद आए स्वयं मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीज्युको विषयमा त पालिका प्रमुख सरुवाको बारे लगायत विषयमा घुस डिल गरेको समाचारहरु आइरहन्थ्यो । यसरी घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो सभामुख महोदय ? मन्त्रीका घुस डिलहरु बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’

उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गर्नुभयो ।