४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले आज बजेट ल्याउँदै



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । दिउँसो २ बजे नगरसभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

गत शुक्रबार बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले आइतबार बजेट ल्याउने निर्णय सुनाएका थिए ।

बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

महानगर प्रमुख बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीच राम्रो सम्बन्ध नभएकाले महानगरपालिकाले असार १० गते बजेट ल्याउन सकेको थिएन ।