४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सनराइज बैंक र सिद्धार्थनगर सिटि हस्पिटलबीच कपाल प्रत्यारोपण गर्न EMI सम्झौता

सनराइज बैंक र सिद्धार्थनगर सिटि हस्पिटलबीच कपाल प्रत्यारोपण गर्न EMI सम्झौता
अ+ अ-

काठमाडौँ । सन्राइज बैंकले सिद्धार्थनगर सिटि अस्पतालसंग सम्झौता गरि EMI मा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ । यस सेवालाई अझै सहजिकरण गर्न र ग्राहकलाई एकै चोटि आर्थिक भार पर्न नदिन सम्झौता गरेको हो । 

बैंकले Buy Now Pay Later योजना अन्र्तगत विभिन्न सेवा र सुविधाको EMI Facility दिदै आएको छ । यसै क्रममा बैंकले पृथक किसिमको सेवा “कपाल प्रत्यारोपण” मा पनि EMI Facility ल्याएर बैंकले सहजिकरण गरिदिएको छ । अहिले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने र कपाल पातलो हुने समस्या बढ्दै गएको छ र मानिसहरुमा कपाल प्रत्यारोपण गर्ने प्रवृति पनि संग संगै बढ्दै गएको छ । 

२०७८-०९-१९ मा  सिद्धार्थनगर सिटि हस्पिटलमा भएको एक कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्र मोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पतालले सन्राइज बैंकसँग सहकार्य गरेर किस्ता बन्दी (EMI)  सुविधा दिएको छ । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताउनु भयो ।

बैंकले प्रत्यारोपणको लागि पचास हजार देखि तिन लाखसम्म यस्तो ऋण बिना धितो नै शुन्य ब्याजदरमा उपलब्ध गराउने छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागी आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी (Luxury) सुबिधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको सन्राइज बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताउनु भयो ।

यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित प्घK33 Hair Hotel विशालनगरस्थित Arogin Health Care & Research,  बालुबाटारको Healthy Choice Nutrition & Fitness Clinic र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण/प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी (EMI) सुविधा दिने सम्झौता गरिएको छ ।