२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीको पछिल्लो राजनीतिक निर्णयप्रति असन्तोष व्यक्त गरेका हुन् ।

सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि निर्वाचन आयोगमा राप्रपामै रहेको पुष्टि गर्न जान लागेको सुनेको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ’लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तराद्र्धमा इमान नछाड्नुस् ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनित गरेपछि पार्टीमा विवाद बढेको छ ।

हिजो बसेको इतर पक्षको बैठकले लिङ्देनको कदम विधानविपरीत भएको जिकिरसहित सुवेदी निर्वाचन आयोगमा जाने निर्णय भएको थियो । सोहीअनुसार उनी बिहान आयोग पुग्ने बताइएको छ ।