२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीको पछिल्लो राजनीतिक निर्णयप्रति असन्तोष व्यक्त गरेका हुन् ।

सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि निर्वाचन आयोगमा राप्रपामै रहेको पुष्टि गर्न जान लागेको सुनेको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ’लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तराद्र्धमा इमान नछाड्नुस् ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनित गरेपछि पार्टीमा विवाद बढेको छ ।

हिजो बसेको इतर पक्षको बैठकले लिङ्देनको कदम विधानविपरीत भएको जिकिरसहित सुवेदी निर्वाचन आयोगमा जाने निर्णय भएको थियो । सोहीअनुसार उनी बिहान आयोग पुग्ने बताइएको छ ।