काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण आज निधन भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शर्माको निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् ।
उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।
शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको निर्देशक थिइन् ।
उनको दाहसंस्कार भोलि गरिने भएको छ । शर्माका दुई छोरी छन् ।










