१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवितलाई मृत्यु भएको भन्दै आन्दोलन



अ+ अ-

चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता  प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको  जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।

हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाइ छ । चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए । उनले यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उनले आग्रह गरे ।