२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीका ब्यवसायीलाई नेपालमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह



अ+ अ-

काठमाण्डौ । टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न नेपाल सरकारले आग्रह गरेको छ । विहिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई  भर्चुअल बैठक गदै  नेपालमा  लगानी गर्न आग्रह गरेका हुन । 

मन्त्री भट्टराईले नेपालमा लगानी गर्ने प्रसस्तै अवसर भएको जनाउदै अहिलेको संसदमा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध भएको बताए  । उहाँले सरकारको नारा नै  “समृद्ध नेपाल र सुखी  नेपाली“ भएकोले समृद्ध नेपाल बनाउन ब्यवसायीलाई आग्रह गरेका छन  । मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा ब्यक्त गरेका छन । 

बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक ,नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभाागी भएका थिए ।