२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको बजेट आइतबार आउने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनु भयो ।

असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो । स्थानीय तहले असार १० गते बजेट प्रश्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन ।

देशकै ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।

उहाँले भन्नुभयो,‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२/०८३ को बजेट ल्याउनुपर्ने थियो । त्यो बजेट ल्याउनको लागि आज कार्यपालिकाको बैठक बसेको हो ।

आजको बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौँ । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताउनु भयो ।




भर्खरै