१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेकिङ गाइडको प्रश्नः खाेइ हामीलाई राहत ?



अ+ अ-

काठमाडाैंः पथप्रदर्शकहरुले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन् ।

शुक्रबार नेपाल पर्यटन वोर्डको कार्यालय पुगेर उनीहरुले मागपत्र पेश गरेका छन् ।

एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सुचारु नभएसम्मका लागि प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ सम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अहिले सबै पथप्रदर्शकहरु बेरोजगार बनेको र दैनिक गुजारा चलाउन समेत समस्या भइराखेको बताउनुभयो ।

पथप्रदर्शक (ट्रेकिङ गाइड) र यसक्षेत्रमा काम गर्ने सबै मजदूरहरुलाई आवश्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको महासचिव शेर्पाले बताउनुभयो ।

पथप्रदर्शकहरुले पर्यटन विधेयक २०७७ मा पथप्रदर्शकको भूमिका स्पस्ट गर्न समेत माग गरेका छन् ।

उनीहरुले अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको स्तर वर्गीकरण गर्न, राजश्व एकद्धार प्रणालीबाट लिनुपर्ने, सरकारले पर्यटकहरुलाई जारी गर्ने अनुमति पत्रमा टिम्स तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति पत्र तथा संरक्षित क्षेत्र अनुमति पत्रमा सम्बन्धित पथप्रदर्शकको नाम र परिचयपत्र उल्लेख हुनुपर्ने लगायतका व्यवस्था ऐन मार्फत नै गर्न माग गरेका छन् ।

उनीहरुले टिम्स बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकमबाट पर्यटन क्षेत्रमा कामगर्ने मजदुरहरुका लागि राहत उपलब्ध गराउन माग गरेका छन् ।