१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणमा भएको खर्च छिट्टैै सार्वजनिक हुन्छ- सीसीएमसी



अ+ अ-

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले कोरोना उपचारका सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक हुने बताएको छ । कोरोना उपचारमा गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक हुने भन्दै कोरोना संक्रमणको जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन सो समितिले विशेष आग्रह गरेको छ। 

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो । समितिको बैठकपछि समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गर्नुभएको वक्तव्य पढेर सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिन भित्रमै खर्चको हिसाब सार्वजनिक हुने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘कोरोनाको रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शिर्षकमा निकासा भएको छ । प्रदेश सरकार र स्थानीय तहहरुले पनि आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेका छन् । 

सरकारबाट समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने मन्त्री ज्ञवालीले बताउनुभयो । सरकारले पीसीआर परीक्षणलाई पनि बढाउने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो । उहाँले दक्षिण एशियाका धेरै मुलुकहरुमा भन्दा नेपालमा सबैभन्दा बढी परीक्षण भएपनि संक्रमणदरलाई हेरेर परीक्षणको दायरा बढाउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाल नेपालले गरिरहेको पीसीआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक भएपनि सकरारले पीसीआर टेस्टको दायरा थप बढाउने निर्णय गरेको छ । 

उहाँले क्वारेन्टाइनको गुणस्तरमा समेत सुधार गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो ‘एक महिना यता विदेशबाट नेपालीहरुको संख्या बढेर क्वारेन्टाइनहरुको व्यवस्थापनमा केही समस्या देखिएको भएपनि तिनको निरन्तर सुधार गर्दै लैजान सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदछौं । 

उहाँले पछिल्लो केही दिन यता विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुुन पाउनु लोकतान्त्रिक अधिकरको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।

उहाँले शनिबार संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्र समेटिएको नक्सा नेपालको निशान छापमा प्रतिबिम्बित हुने गरी संविधान संशोधन हुने भएकाले सबैलाई एकजुट हुन समेत आग्रह गर्नुभयो ।