१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एकजना पक्राउ, मुख्य अभियुक्त फरार

सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एकजना पक्राउ, मुख्य अभियुक्त फरार
अ अ+ अ-

सुर्खेत । सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एकजनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–१०, छिन्चुबाट जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई बुधबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको गुप्त सूचनाको आधारमा निरन्तर निगरानी र अनुसन्धानपछि प्रहरीले बस्नेतलाई पक्राउ गर्न सफल भएको हो । पक्राउका क्रममा बस्नेतसँग ५ किलो ४५० ग्राम अफिम बरामद गरिएको छ ।

यद्यपि अफिम ओसारपसारमा संलग्न मुख्य व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा बस्नेतले आफैँ अफिम उत्पादन तथा बिक्री गर्दै आएको स्वीकारेका छन् ।

अनुसन्धानका क्रममा बरामद गरिएको अफिमको प्रारम्भिक मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका बस्नेतले उक्त परिमाणको अफिम भारत पुर्‍याउन सकेमा यसको मूल्य पाँच करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन् ।

पक्राउ परेका बस्नेतमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ भने फरार व्यक्तिको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।