२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छः महामन्त्री शर्मा



फाइल फोटो
अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी प्रशिक्षणका क्रममा महामन्त्री शर्माले संसारको साझा र ज्वलन्त मुद्दा जलवायु परिवर्तन भएकाले उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनको असर बढेको छ, कहिले अत्यधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गत वर्षको बेमौसमी वर्षाले अर्बौंको क्षति पु¥यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पु¥यायो, कार्बन उत्सर्जन अत्यधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ ।”

उहाँले नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको बताउनुभयो । “कार्बन उत्सर्जनको अवस्था घटेन र मानिसको आनीबानी परिवर्तन भएन भने जतिसुकैबेला पनि विस्फोट हुनसक्छ, तापक्रम बढ्दा हिउँ पग्लिएर हिमताल बढ्दैछ”, उहाँले भन्नुभयो ।

उहाँले संसारको कार्बन उत्सर्जन घटाउन समुद्रले ३० प्रतिशत, नदीले ३ प्रतिशत सहयोग पुर्याउने भन्दै मानिसले पनि आफ्ना गतिविधिलाई नियन्त्रण गरेर जैविक, जीवाश्मा उत्पन्न हुने कार्बन घटाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो । रासस