२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउनु नहुने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनु भयो । सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरु छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताउनु भयो । खेल राजनीति भन्दा बाहिर हुनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारमा पोल्टिकल पार्टी नै आउने हो । पोल्टिकल पार्टीहरु सरकारमा आएर सरकारमा आएपछि राजनीति गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो । कृषिमा काम गर्नुछ भने राजनीति होइन कृषिको विकास गर्नुपर्छ । उद्योगको भएको उद्योगकको, संगीत, सााहित्य भए ति क्षेत्रको विकास गर्नुपर्छ, त्यहाँ राजनीति होइन । खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ, खेललाई अघि बढाउनुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन । राजनीतिका लागि त्यो ठाउँ होइन । जो आउँछ उसले पोलिटिक्स गर्ने होइन, पोलिटिक्स भन्दा बाहिर खेल । खेलमा ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताउनु भयो । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताउनु भयो । अब तोकिएको समय (मंसिर) मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनु भयो । एनपिएलको तयारी गर्न पनि निर्देशन दिनुभयो ।