२२ श्रावण २०८३, शुक्रबार
,
Latest
पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र समन्वय अभावप्रति रास्वपा सांसदहरूको आपत्ति, नीतिगत सुधारको माग आदिवासी जनजाति र सीमान्तकृतका लागि वागमती प्रदेश सरकार अभिभावक बन्नेछः मुख्यमन्त्री बानियाँ रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संचालनमा आयो ‘जिओ फ्लाईट’: मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने



अ+ अ-

काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ ।

जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो ।

जोय ग्रूपले संचालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइट र आईओएसगरी दुबै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसैगरी वेवसाईटमार्फत www.jioflight.com मा गएर उक्त कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने छ । अहिलेको प्रबिधिको युगमा उपभोक्ताहरुलाई एउटै प्लेटर्फमबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरु उपलब्ध गराउने उद्देश्य अनुरुप जिओ फ्लाईट संचालनमा ल्याइएको जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए ।

‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले संचालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’ साथै जिओ फ्लाईटबाट हवाई टिकट खरिदगर्दा अन्य प्लेटर्फमबाटभन्दा सस्तो हुने समेत उनले जनकारी दिए । आन्तरिक तथा बाह्य दुबै खालका हवाई टिकट खरिद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेट समेत उपलब्ध गराईनेछ । अनलाईनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटर्फममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिनेछ ।

जिओ फ्लाईटको सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रलाई थप नयाँ उचाईमा पुर्याउन मद्दत गर्ने छ । आधुनिक प्रविधि सहित संचालनमा आएको उक्त प्लेटफममार्फत नेपालको पर्यटन क्षेत्रमा हाल देखिएको ग्यापकलाई समेत हटाउने कम्पनीको विश्वास रहेको छ ।




भर्खरै