२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गेश र सिसन बानियाको ‘जाने भए जाम माया’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत



अ+ अ-

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड बनाएको छ ।

सिसन र भाइरल ‘गुराँस नानी’सँग सहकार्यमा बनेको उक्त गितले रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड बनाएको हो ।

बुधबार बेलुका रिलिज भएको उक्त गीत केही घण्टामै ट्रेन्डिङमा आएको थियो । अहिले ट्रेन्डिङ नम्बर १ मा रहेको यो गीतले १७ लाखभन्दा बढी भ्युज पाइसकेको छ । एक लाख ९० हजारभन्दा बढीले लाइक गरेका छन् भने १६ हजारभन्दा बढी कमेन्ट छन् ।

दुर्गेशको गीतले विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको रकर्ड तोडेको हो । उक्त गीत रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

दुर्गेशकै शब्द र संगीत रहेको गीतमा उनीसहित सिसन र अल्हाजी गेरोले स्वर दिएका छन् ।