४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह-२ मा



अ+ अ-

काठमाडौं । पुरुष आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्यासिफिक छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

ओमनमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान रहेका छन् ।

छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह(१ मा युएई, मलेसिया र कतार रहँदा समूह(३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन् ।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर(६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् ।

छनोट अक्टोबर ८ देखि १७ सम्म हुनेछ । नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग र दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ ।