२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रचण्डले भने– हाम्रो भूभाग समेटेर नक्सा निकालौ भन्ने कुरा मैले नै भनेको हो



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको नयाँ नक्सा निकालौँ भन्ने कुरा आफूले नै पार्टीमा र प्रधानमन्त्री केपी ओलीलाई भनेको बताएका छन् । 

आज संसदमा संविधान संशोधनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भने– भारतले कश्मिरको जमिन समेटेर नक्सा निकालेपछि अब हाम्रो भूभाग समेटेर नक्सा प्रकाशन गरौँ भन्ने कुरा मैले हाम्रो पार्टीको सचिवालय बैठकमा भनेको थिएँ । 

पछि प्रधानमन्त्रीले पनि आफ्नो कुरालाई मानेको उनले बताए । उनले आफूले नै यो विषय कुनै एक पार्टी, नेता या सरकारको मात्र विषय नभएर सबैको विषय भएकोले यसलाई सर्वदलीय बैठकमा लैजाऔँ भनेको पनि स्मरण गरे । 

तर यो विषय अन्ततः वार्ताको माध्यमबाटै समाधान हुने पनि उनले बताए । उनले भने हामी शान्तिपूर्ण, कूटनैतिक र राजनीतिक सम्वादका माध्यमबाट समाधान चाहन्छौँ तर यसप्रति भारतले पनि सोच्नुपर्छ । 

नेपालीहरु राष्टिय महत्वको मुद्दामा एक ठाउँमा हुन्छन् भन्ने सन्देश हामीहरुले यतिबेला दिएका छौँ भन्दै यस्तो अवस्था भोलिका दिनमा पनि आउने छ भने । 
यो नक्सा जारी गरेपछि अब वार्ताको प्रक्रिया सुरु हुने उनले बताए । उनले यो नेपाली संस्कार हो कि हामी वार्ताबाट नै समाधान खोज्ने छौँ । हामी राष्टिय एकताको साथ यो मुद्धालाई किनारा लगाउने छौँ ।