८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा



अ+ अ-

भोजपुर । यहाँको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो ।

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताउनुभयो । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उहाँको भनाइ छ । नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उहाँको भनाइ छ ।“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो” उहाँले भन्नुभयो,“विद्यालयको चौरमा गाइबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाईमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।”

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले रु।दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उहाँले भनाइ छ ।“वडामा सीमित बजेट हुन्छ”वडाध्यक्ष शेर्पाले भन्नुभयो,“स्थानीयको माग धेरै छ । घेराबारा नुहँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ ।”

वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उहाँको भनाइ छ ।