२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नै फोडेर महाकाली सन्धि गर्नेलाई नभन्ने, सीमाको रक्षा गर्ने मधेशीलाई राष्ट्रघाती भन्ने ?- राजेन्द्र महतो



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे ।  महाकाली सन्धी कसरी भयो ? पार्टी पनि फोडेर पारित कसले गर्यो ? ती राष्ट्रघाती होइनन् ? के मधेशीलाई राष्टघाती भन्ने ? उनको प्रश्न थियो । 
  
सबै नेपाली जनता आफ्नो भूमिप्रति सजग र सम्वेदनशिल छ भन्ने कुरा सबैलाई थाहा छ । यो कुरा व्यवहारले पनि देखाउन सक्नुपर्छ । राष्ट्रियताको सवालमा एकलौटी होइन बरु यसले त सबै नेपालीलाई समेट्छ उनले भने । 

आज संसदमा सम्बोधन गर्दै उनले भने कता कता राष्ट्रियताको विषयमा मधेशीले पनि मत दिन्छ र ? तर यो विभेदकारी भनाई हो । यसले राष्ट्रियताको सवालमा के मधेशी, के पहाडी र के हिमाली ? हाम्रो पनि देश हो, हामीलाई पनि देशको माया छ । 

उनले यो नक्साको विषमया मधेश केन्द्रित दलहरुले पनि प्रधानमन्त्री र सत्तारुढ दललाई पनि एकमत दिएकै हो । यसैबेला हामीले यो संविधानका प्रतिको असन्तुष्टि त राख्न पाउनुपर्यो नि । त्यसैले आफ्ना एजेण्डाहरुलाई समेट्नका लागि हामीले पनि अर्को विधेयक ल्याएका हौँ । 

उनले जनता समाजवादी पार्टीले वर्तमान संविधानप्रति अनेकन असहमतिका बाबजुत सहर्ष समर्थन गरेको बताए । आफ्नो देशको भूमिका लागि हामी पनि संवेदनशिल छौँ उनले भने ।