२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कि सुगौली सन्धि मानौं नभए टिष्टा काँगडासम्म दाबी गरौं – राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासद राजेन्द्र लिङदेनले भारतले  सुगौली सन्धि नमान्ने हो भने टिष्टा र काँगडासम्मको भूमिका दाबी गर्नु पर्ने बताउनु भएको छ । प्रतिनिधिसभामा संविधान संशोधन सम्बन्धी छलफलमा भाग लिँदै सांसद लिङदेनले नेपालको भूमि आफ्नो नक्सामा समेटेको भारतले नेपाललाई निःशर्त रुपमा भूमि फिर्ता गर्नु पर्ने बताउनुभयो । 

उहाँले नेपाल भारतकाे भाइ नभएकाले नेपाललाइ असल छिमेकी र मित्रको रुपमा व्यवहार गर्न पनि आग्रह गर्नुभयो । सांसद लिङदेनले संविधानको प्रस्तावनामा नै गम्भीर असहमति रहँदा रहँदै पनि यो प्रस्तावलाई निःशर्त समर्थन  गरेको जानकारी गराउनुभयो । 

सारा नेपालीको खुसीको दिन भएको स्मरण गर्दै उहाँले यो ऐतिहासिक दिनको नेतृत्व गर्ने प्रधानमन्त्री ओली सहित सबैलाई बधाई समेत दिनु भयो । सांसद लिङदेनले पूर्व वक्ता एवं नेकपा सांसद पुष्पकमल दाहालको भनाई प्रति रोष्ट्रमबाटै असहमति जनाउँदै निराधार आरोप नलगाउन  आग्रह समेत गर्नुभयो ।