१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसभित्र डेढ दर्जन नेतामाथिको अनुशासन कारबाहीपछि गुटीय असन्तुष्टि चुलिएको छ। पार्टी अनुशासन समितिले बहुमतको आधारमा कारबाही गरेपछि डा. शेखर कोइराला पक्षले निर्णयप्रति तीव्र असहमति जनाएको छ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना, सदस्य ईश्वरी न्यौपाने र ध्रुव वाग्लेले कारबाहीको निर्णय गरे पनि सदस्य सञ्जय गौतम र राजीव कोइरालाले फरक मत राखेका थिए। उनीहरूद्वारा निर्णय प्रक्रियामा विमति जनाइए पनि निर्णय बहुमतबाट पारित गरिएको हो।

शेखर कोइराला पक्षका एक नेताले भने, “हामीले स्पष्ट रूपमा असहमति जनाएका थियौं, तर संस्थापन पक्षले बहुमतको भरमा कारबाही अघि बढायो।”

पार्टीको निर्णयमा अधिकांश कारबाही शेखर समूहका नेतामाथि परेपछि कोइरालाले आफूनिकट नेताहरूको बैठक भोलि बिहानका लागि बोलाएका छन्।

२०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न भएको भन्दै तीन वर्षपछि पार्टीले अनुशासन कारबाही अघि सारेको हो।

कारबाहीमा परेकामध्ये तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, पर्साका अरविन्दकुमार गुप्ता लगायत केही नेताहरूलाई निष्कासन गरिएको छ भने अन्यलाई निलम्बन गरिएको छ। कारबाहीमा परेकामध्ये अधिकांश शेखर पक्षका नेता रहेको उल्लेखनीय छ।