२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपालद्वारा बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रसुवा जिल्लाको नेपाल–चीन सिमानामा मङ्गलबार बिहान गएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले बाढीमा परी ज्यान गुमाएका मृतकप्रति दुःख तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभयो । विपद्मा परेका नागरिकको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासका लागि सरकारलाई आग्रह गर्नुभयो ।

वर्षाका कारण देशका भू–क्षय, बाढीपहिरो, डुवानको जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन माग गर्दै अध्यक्ष नेपालले सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उहाँले देशभर मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्न, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोतसाधन र औषधिको भण्डारण गर्न, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभयो । रासस