२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूमाथि जातीय विभेद राखेर आक्रमण गरियो : सांसद गिरी



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ । 

संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनु भएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताउनुभयो ।

उहाँले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जगृत हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नविर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन् ।

जब जातिय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’

सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताउनुभयो । आफुले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको र आफु महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताउनुभयो । 

सांसद गिरीले आफुले कुन विचार र मनसायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताउनुभयो । उहाँले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभई संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताउनुभयो ।

उहाँले संविधनमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने उक्त सन्धिमा मधेसमा रहेका नागरिकलाई भेदभाव गर्न पाइनेछैन भन्ने उल्लेख भएकाले उक्त जानकारी संसदलाई गराउन मात्र खोजेको दावी गर्नुभयो ।