बागमती। बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।
दुर्गम गाउँमा बस्ने विद्यार्थीलाई दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यालयको आग्रहमा प्रदेश सरकारले उक्त बस खरिद गरेर हस्तान्तरण गरेको प्रअ सिग्देलले बताउनुभयो ।
प्रदेश सरकारबाट हस्तान्तरण भएको बस विद्यालयबाट हर्दा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्ने प्रअ सिग्देलले जानकारी दिनुभयो । त्यस क्षेत्रबाट करिब २०० बढी विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ । रासस










