१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान



अ+ अ-

बागमती। बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।

दुर्गम गाउँमा बस्ने विद्यार्थीलाई दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यालयको आग्रहमा प्रदेश सरकारले उक्त बस खरिद गरेर हस्तान्तरण गरेको प्रअ सिग्देलले बताउनुभयो ।

प्रदेश सरकारबाट हस्तान्तरण भएको बस विद्यालयबाट हर्दा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्ने प्रअ सिग्देलले जानकारी दिनुभयो । त्यस क्षेत्रबाट करिब २०० बढी विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ ।  रासस