१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ ।

नेपाल पब्लिक क्याम्पस सङ्घको ३५आँै वार्षिकोत्सव, सम्मान कार्यक्रम तथा काठमाडौँ जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सामूहिक प्रयत्न विना गुणस्तरीय शिक्षाको नारा नारामै सीमित हुने बताउनुभयो ।

“क्याम्पस खुलेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न आवश्यक छ । क्याम्पस परिवार, विद्यार्थी, अभिभावकसहित सबैको भूमिकाबाट मात्रै गुणस्तरीय शिक्षाको नारा पूरा हुनसक्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “शिक्षा क्षेत्रमा विगतभन्दा धेरै कुरा भएका छन् ।  यसलाई अझ प्रभावकारी र गुणस्तरिय बनाउनुपर्छ । त्यसका लागि साझा प्रयत्न आवश्यक छ ।”

उहाँले पब्लिक क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा गरिररहेको काम प्रशंसनीय रहेको बताउनुभयो । समुदायको आवश्यकता र जनचाहनाअनुसार पब्लिक क्याम्पसले शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जादूको छडी कसैसँग नहुने भन्दै शिक्षा क्षेत्रमा जस्तै समाजका धेरै क्षेत्र सुधारका लागि सरकारले प्रयास गरिररहेको र त्यसमा आम नागरिकको साथ आवश्यक रहेको बताउनुभयो ।

प्रतिपिनधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले गुणस्तरी शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई नैतिक र जिम्मेवार नागरिक बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, एमाले शिक्षा विभाग प्रमुख पार्वती रावललगायतले शहरदेखि ग्रामीण भेगसम्म रहेर विद्यार्थीलाई शिक्षा दिइरहेको भन्दै पब्लिक क्याम्पसको नेपालको उच्च शिक्षाको क्षेत्रमा ठूलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा पब्लिक क्याम्पसबाट उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा र क्याम्पसलाई सम्मान गरिएको थियो । देशभर करिब ६०० पब्लिक क्याम्पस रहेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले उच्च शिक्षा नीतिमा सामुदायिक शिक्षकको स्तर निर्धारणदेखि लगानीको व्यवस्थाको विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । रासस