५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा ‘ट्राफिक लाइट’ सञ्चालन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौती थपिएको छ । वीरेन्द्रनगरमा करिब तीन सय सिसी टिभी जडान गरिनेछ ।”

उहाँका अनुसार वीरेन्द्रनगरको मङ्गलगढी, एरिचोक र दैलेख रोडमा छिट्टै ट्राफिक लाइट जडान गरिनेछ । फुटपाथ व्यवस्थापन भइरहेको छ । सवारीसाधनको गति, पैदल यात्रुहरूको आवातजावत पनि सहज गरी मुख्य सडक व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ । रासस