१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको साधारण सदस्यबाटै निष्कासित भए पूर्वमन्त्री कुमार खड्का



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काषित गरेको छ ।

२०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको हो ।

कास्की–२ (२) मा कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापालाई असयोग गरेको उनीमाथि आरोप थियो ।

गण्डकीका सांसद एवं पूर्वमन्त्री विन्दुकुमार थापाले उनीविरुद्ध उजुरी गरेका थिए । खड्का गण्डकीमा सरकार गठन भएकै दिन मन्त्री भएका थिए भने थापा ८ साउनमा मन्त्री बने ।

केन्द्रीय अनुसन्धान आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारण पार्टीको साधारण सदस्यबाटै हटाएको अनुशासन आयोगले जनाएको छ ।