१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो, तटीय क्षेत्रमा डुबानको सम्भावना



अ+ अ-

काठमाडौँ । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका क्षेत्रमा पहिरो खस्दा म्याग्दी नदी केही समयका लागि अवरुद्ध बन्न पुगेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ र ६ जोड्ने बाँसबोट भीरबाट खसेको पहिरोका कारण नदी थुनिएको हो ।

गएरातिदेखि परेको लगातार वर्षाका कारण पहिरो खसेर करिब १५ मिनेटसम्म नदीको बहाव रोकिएको थियो ।

त्यसपछि नदी पुनः बग्न थालेको प्रहरीले जनाएको छ । नदी थुनिएपछि ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको सम्भावना रहेको बताइएको छ ।

तटीय क्षेत्रका बस्तीहरू छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार लगायतका स्थानमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।