१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताउनुभएको छ ।

आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा बुधवार भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने बताउँदै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताउनुभएको हो । उहाँका अनुसार बैंकको लाइसेन्स बन्द गर्ने नीति गलत छ । नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र नीति निर्माता मात्तिएको अवस्था रहेको उहाँले बताउनु भयो । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताउनु भयो ।

थापाले भन्नुभयो– ‘अर्थतन्त्र चलायमान छैन । निराशा छ । यो अवस्था आउनुको कारण राष्ट्र बैंक र सरकारले विभिन्न समयमा ल्याएका नीतिहरुको धक्का हो । यो मुलुक वाणिज्य बैंकमय भयो । वित्तीय क्षेत्र अधिक तरलता हुदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु कारण लाइसेन्स बन्द गरियो सोही कारणले हो यो खोल्नुप¥यो । बजेट आइसकेको छ, वित्त नीति, त्यसलाई सर्पोट गर्ने मौद्रिक नीति आउनुपर्छ । उहाँका अनुसार आगामी मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना हेरिनुपर्छ ।’

लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गर्नुभयो ।