काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ र गुहेश्वरीको दर्शन तथा पूजाआजा गर्नुभएको छ ।
नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले हिजो साँझ पशुपति र गुहेश्वरीमा पुगेर पूजाआजा गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारी बागमती किनारामा हुने आरतीमा समेत सहभागी हुनुभयो ।
एमालेको राजनीतिमा पुन: सक्रिय भएपछि भण्डारीले नागरिकसँग भेटघाट र अन्तरक्रिया बढाएकी छन् । कहिले कार्यक्रममा सहभागी भएर त कहिले मठमन्दिरमा पुगेर पनि उहाँले नागरिकका आवाज बुझ्ने प्रयास गरिरहनुभएको हो ।
पूर्वराष्ट्रपतिका हैसियतले सरकारबाट पाउने सेवा सुविधा परित्याग गरेर एमालेको सक्रिय राजनीतिमा होमिएपछि उहाँको चर्चासमेत चुलिँदै छ ।
केही महिनाअघि पूर्वी नेपालको भ्रमण गरेर आउनुभएकी पूर्वराष्ट्रपति भण्डारी अर्को साता पोखरा जाने कार्यक्रम छ ।










