२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा पशुपति र गुहेश्वरीको दर्शन तथा पूजाअर्चना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ र गुहेश्वरीको दर्शन तथा पूजाआजा गर्नुभएको छ ।

नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले हिजो साँझ पशुपति र गुहेश्वरीमा पुगेर पूजाआजा गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारी बागमती किनारामा हुने आरतीमा समेत सहभागी हुनुभयो ।

एमालेको राजनीतिमा पुन: सक्रिय भएपछि भण्डारीले नागरिकसँग भेटघाट र अन्तरक्रिया बढाएकी छन् । कहिले कार्यक्रममा सहभागी भएर त कहिले मठमन्दिरमा पुगेर पनि उहाँले नागरिकका आवाज बुझ्ने प्रयास गरिरहनुभएको हो ।

पूर्वराष्ट्रपतिका हैसियतले सरकारबाट पाउने सेवा सुविधा परित्याग गरेर एमालेको सक्रिय राजनीतिमा होमिएपछि उहाँको चर्चासमेत चुलिँदै छ ।

केही महिनाअघि पूर्वी नेपालको भ्रमण गरेर आउनुभएकी पूर्वराष्ट्रपति भण्डारी अर्को साता पोखरा जाने कार्यक्रम छ ।