२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द हुनुपर्छ : नेविसंघ



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबट आगामी शैक्षिक सञको पठनपाठान सुरु गर्न र इन्टरनेट लगायतका सबै प्रविधिकको निःशूल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो । नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्याललका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ । यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा नीजि विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो । 

नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएक कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताउनुभयो ।