३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई ७ दिनभित्र लिखित आत्मालोचना गर्न निर्देशन दिएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि आलोचना गरेकी स्थायी कमिटी सदस्य झाँक्रीलाई आत्मालोचना गर्न पार्टीले निर्देशन दिएको हो ।

एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले झाँक्रीको अभिव्यक्तिले पार्टीलाई नकारात्मक असर गरेको ठहर गर्दै ७ दिनभित्र आत्मालोचना गर्न निर्देशन दिएको हो ।

गत साता अध्यक्ष नेपालमाथि मुद्दा दायर गरिएको विषयमा नैतिक प्रश्न उठाएपछि झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

नेपाल प्रधानमन्त्री भएका बेला काभ्रेको पतञ्जली जग्गाको हदबन्दी हटाउने निर्णय गरी जग्गा हिनामिना गरेको विषयमा मुद्दा दायर भएपछि असार १५ मा बुटवलको एक कार्यक्रममा झाँकीले अध्यक्ष नेपालको काँध थाप्न नसकिने बताएकी थिइन् । उनले अध्यक्ष नेपाललाई बोकेर हिँड्न नसक्ने बताएकी थिइन् ।

‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो, ‘अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरुबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’

यसअघि झाँक्रीले अध्यक्ष नेपालमाथि लागेको मुद्दा व्यक्तिगत भएको तर्क गरेकी छन् ।