२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलबाट गाडी खस्दा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु



अ+ अ-

काठमाडौं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

आइतबार बर्दघाट नगरपालिका वडा नम्बर-४ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियोमा दुर्घटना हुँदा अध्यक्ष शर्माको मृत्यु भएको हो । घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याइए पनि अध्यक्ष शर्माको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  

दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते राजभरलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।