काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ उठाएको छ । ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र बैङ्कले जेठ मसान्तसम्म एक खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताए पनि यसलाई पछि संशोधन गरेर १९३ अर्ब बनाएको छ । आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ ।
अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने प्रवक्ता भट्टले बताए ।
बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ ।