६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभा अवरुद्ध, कांग्रेस र माओवादी सांसदको सरकारप्रति एकै स्वरमा असन्तुष्टि



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशसभाको मंगलबारको बैठक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूको विरोधका कारण स्थगित गरिएको छ।

बैठक सुरु भएपछि नेपाली कांग्रेसका सांसद बेदराज सिंहले जाजरकोट भूकम्पपछिको आपतकालीन अवस्थामा काम गरेका निर्माण व्यवसायीलाई सरकारले भुक्तानी नदिएको भन्दै संसद् अवरुद्ध गरे। सिंह विरोधस्वरूप संसद्मै उभिएर सरकारको ध्यानाकर्षण गराए।

सिंहको विरोधपछि माओवादी केन्द्रका सांसद मंगलबहादुर शाहीले सहिद स्मृति भत्ता तथा द्वन्द्वपीडित घाइते र अपाङ्गताका लागि दिने जीवन निर्वाह भत्ता नपुगेको विषयमा आपत्ति जनाए। उनले तातोपानी गाउँपालिकाका पीडितहरू अझै राहतबाट वञ्चित रहेको भन्दै तत्काल जवाफ माग गरे।

शाहीले मुख्यमन्त्रीबाट जवाफ नआएसम्म कांग्रेस सांसदजस्तै आफूहरू पनि उभिरहने बताए। त्यसपछि विपक्षी दलका सबै सांसद उभिएर विरोध जनाए।

सभामुख नन्दा गुरुङले पटक–पटक सांसदहरूलाई बस्न आग्रह गरिन् तर माग नसुनेपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गरिन्।

सरकारप्रति दुवै प्रमुख दलको यस्तो सार्वजनिक असन्तुष्टि प्रदेशसभामा दुर्लभ दृश्यको रूपमा देखिएको हो।




भर्खरै