५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं– प्रशिक्षक गुरुङ

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं– प्रशिक्षक गुरुङ
अ+ अ-

काठमाडौँ । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् ।

आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।

उनले यसै च्याम्पियनसिपको तयारीका लागि तीन वटा मैत्रीपूर्ण खेल पनि खेलेको उल्लेख गरे । यसले गर्दा खेलाडीहरूमा आफ्नो तयारीलाई बलियो बनाउने अवसर मिल्ने उनको विश्वास छ । यस उमेरसमूहमा भारतबाहेक नेपाल, भुटान, बंगलादेश र श्रीलङ्काले प्रतिष्पर्धा गर्दैछन् । प्रशिक्षक गुरुङले भारतको सहभागिता नहुनु आफूहरूको लागि सहज नरहेको पनि उल्लेख गरे ।

भारतजस्तो बलियो टिमसँग खेल्न आफूहरू तयार रहने प्रशिक्षक गुरुङको भनाइ छ । प्रतिस्पर्धी टोलीहरू बलियो रहेको उल्लेख गर्दै खेल प्रतिस्पर्धा हुने उनले आशा व्यक्त गरेका छन् । सिनियर राष्ट्रिय टोलीका लागि ब्याकअपसमेत रहेकाले यो उमेर समूहको प्रतिष्पर्धा महत्वपूर्ण हुने उनी बताउँछन् । यसै टोलीबाट केही खेलाडी छिटै सिनियर राष्ट्रिय टोलीमा समेत देखापर्ने उनको विश्वास छ । गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरे ।

साबिक उपविजेतासमेत रहेको नेपाली टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक महिनादेखि तयारी गरेको थियो । नेपाली टोलीका प्रशिक्षक गुरुङले यसपल्ट डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई राम्रो चुनौती दिन सक्ने टोली बनेको उल्लेख गरेका छन् ।  पछिल्लोपल्ट यो उमेरसमूहमा राष्ट्रिय टोलीका तीन सदस्य प्रीति राई, अमिशा कार्की र दीपा शाहीले खेलेका थिए । तर पनि सन् २०२३ मा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपको नेपालले उपाधि जित्न सकेन । नेपाली टोलीले सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेशसँग उपाधि भिडन्त तय गरेको थियो ।

तर फाइनलमा भने नेपाली टोली ३–० को फराकिलो हार सामना गर्न बाध्य भयो । फेरि दुई वर्षपछि नेपाली टोली बंगलादेशमा नै दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्दै छ । प्रशिक्षक गुरुङले त्यो फाइनल फ्लड लाइटमा हुँदा खेलाडीलाई खेल्न असहज भएको र उपाधि गुमाउनु परेको बताएका छन् । यसपल्ट त्यो अवस्था नदोहोरिने उनको विश्वास छ । टोलीमा केही नयाँ अनुहार र उमेरसमूहका उत्कृष्ट खेलाडी समावेश छन् । यु–२० टोलीकी नवनियुक्त कप्तान बिर्सना चौधरीले तयारी राम्रो भएकाले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । बिदाइ कार्यक्रमकै अवसरमा बिर्सनालाई कप्तान घोषणा गरिएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममार्फत नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई लगायतले विदाई गरेका हुन् । उनीहरूले टोलीलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरेका थिए । सो अवसरमा एन्फाका अध्यक्ष पंकज विक्रमले कुनै दबाबबिना उच्च मनोबलका साथ खेल्न आग्रह गरे । महासचिव राईले पनि उच्च मनोबलको साथ खेल्न शुभकामना दिए । एन्फाले तीन स्थानमा सम्पन्न खुला छनोटबाट ६० जनाको प्रारम्भिक टोली बनाइएको थियो । त्यहाँबाट अन्तिम २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेक हो ।

यो टोलीमा कुनै पनि उमेरसमूह नखेलेका तीन नयाँ अनुहार पनि छन् । यो संस्करणमा भारतले सहभागी भएको छैन । नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकासहित कुल चार राष्ट्र छन् । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ । नेपालका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै भुटान पनि कठिन प्रतिद्वन्द्वी बन्न सक्नेछ । किनकी भुटानले पछिल्लो समय विभिन्न उमेरसमूहमा राम्रो प्रदर्शन गरेको छ । उमेरसमूहको एकेडेमीबाट उत्पादित भुटानका टोलीले दक्षिण एसियाली फुटबलमा बिस्तारै प्रभाव बढाउन थालेको छ । टोलीकी सदस्य मीना देउवालाई महत्त्वपूर्ण  खेलाडीका रुपमा हेरिएको छ ।

प्रशिक्षक गुरुङले टोली घोषणा गरिसकेका छन् । टोलीको तीन गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी र सुजता तामाङ छन् । अन्य सदस्यमा सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णीमा राई, मीना देउवा र समीक्षा मगर छन् । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै उपाधि यात्रा थाल्नेछ । त्यसपछि नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश र जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।

नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ । नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरण कुमार कार्की छन् । गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मीनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छन् ।