१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै रास्वपा सांसदले दिएको अभिव्यक्ति निन्दनीयः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे दिएको सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्र्सनायोग्य रहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्नेगरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताउनु भयो । उहाँले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरु जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भ्रमण दलमा जम्मा २८ जना गएका रैछन् । त्यो नामावली प्रधानमन्त्रीको कार्यालयले समेत सार्वजनिक गरिसकेको छ । तीमध्ये को–को फर्किएनन् ? त्यो कुरा उठाउने माननीयज्यूहरुले भन्नुप¥यो । ती सबैजना प्रधानमन्त्रीसँगै स्वदेश फर्किएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारिसक्यो । यस्तो अफवाहको कुरा फैल्याउने र प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने कुरा निन्दनीय छ । यो भत्र्सनायोग्य छ । र आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्ति कतिपय मान्छेमा देखिन्छ ।

आफ्नै दलका नेताहरु ठगी काण्डमा छन्, जेलमा छन् । आफ्नै दलका नेताहरु मेनपावर चलाउँछन् र ठगी गर्दै विदेश पठाइरहेका छन् । दलाली गरिरहेका छन् । ती प्रश्नहरुको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीजस्तो संस्थालाई लाञ्छित गर्ने जुन काम उहाँहरु गर्नुभयो यो भत्र्सनायोग्य छ । नभए नफर्किएको सूचीहरुले दिनुपर्छ ।’

उहाँले प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको हो प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ ।