६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाई रेकर्डबाट हटाउन एमालेको माग



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्दै सांसदहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको समाचारहरुमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराउनुभएको थियो । सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो । उहाँले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही माननीयज्युहरुले असाध्यै भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरुले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यु स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो । उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरु यस गरिमामय संसदमार्फत अभिव्यक्त हुने काम भयो । यि विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसदमार्फत जिम्मेवार सांसदहरुबाट यस्तो तथ्यहिन कुराहरु गर्नेकुरा आफैँमा बेठिक छ । यस्ता तथ्यहिन र भ्रमपूर्ण विषयहरुलाई संसदको रेकर्डबाट हटाइनुपर्छ । को मानिसहरु प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ति बोल्ने माननीयज्युहरुले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ । म यसको चुनौति दिन चाहन्छु ।’

प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिनुभयो ।