काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। आइतबार अपरान्हका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई धेरै धपेडी भएकाले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो ।
अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल हुने तय भएको थियो ।