२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने



अ+ अ-

काठमाडौं । सरकारले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि अनुमती दिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षणको शुल्क भने सरकारले नै तिर्ने गरी निजी प्रयोगशालालाई गर्न दिने निर्णय गरेको हो ।  

मन्त्रालय स्रोतका अनुसार हाल पीसीआर परीक्षण गर्न पाउँ भनेर २० निजी प्रयोगशालाहरुले मन्त्रालयमा निवेदन दिएका मध्ये मापदण्ड पुगेकालाई परीक्षण गर्न दिने तयारी गरेको छ । 

विदेश जानका लागि निरोगीताको प्रमाण पत्र पेश गर्नु परेमा, विदेशी कुटनीतिक निकायका व्यक्तिहरुले  र कतैबाट परीक्षण गर्न अत्यावश्यक भएको सिफारिस भई आएका व्यक्तिले मात्रै शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने छन् । उनीहरुले  सोही तीन अस्पतालमा गएर ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णय भएको स्रोतले जानकारी दिएको छ।

परीक्षणका लागि सरकारी मापदण्डभित्र नपरेका तीन खालका व्यक्तिले काठमाडौं उपत्यकाका तीन वटा अस्पतालमा गई शुल्क तिरेर परीक्षण गर्ने पाउने व्यवस्था पनि मन्त्रालयले गरेको स्रोतले  जानकारी दिएको छ।  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा ५ हजार ५ सय शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको हो ।