८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस्ः सांसद शर्मा

शिक्षा विधेयकलाई शिक्षकको विधेयक नबनाइयोस्ः सांसद शर्मा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन आग्रह गर्नुभएको हो । उहाँले शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित नभएको बताउनु भयो । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित होइन । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए त भइहाल्थ्यो । सल्लाह नै गर्नु थियो भने शिक्षकमात्रै किन ? विद्यार्थी, अभिभावक, संघसंगठन, अभिभभावक, स्थानीय पालिकासँग व्यापक छलफल गर्न उचित हुन्थ्यो । निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चियोस् । यो शिक्षा विधेयक हो, शिक्षक विधेयक मात्रै होइन भनेर सबैले बुझ्दा हुन्छ ।’

सांसद शर्माले निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चाउन आग्रह गर्नुभयो । सरकारले शिक्षकहरुसँग सहमति गर्ने भन्दै शिक्षा, सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेको छ । समितिले ५ दिनको समय दिएको छ ।