८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

सिमेन्ट कम्पनीहरुको आम्दानी किन घट्यो ?

सिमेन्ट कम्पनीहरुको आम्दानी किन घट्यो ?
अ+ अ-

काठमाडौँ । पछिल्लो समय सिमेन्ट कम्पनीहरुको आम्दानीमा भारी ह्रास आएको छ । ठूला सिमेन्ट उद्योगहरु नै घाटामा सञ्चालन भइरहेको छन् । नाम चलेका अर्घाखाँची सिमेन्ट, मारुती, अग्नी सिमेन्टको नाफामा निरन्तर ओरालो लागेको छ ।

२०८०/८१ मा अर्घाखाँची सिमेन्टले ६ अर्ब ६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ९६ करोडको मात्रै आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ५ अर्ब ७७ करोडको आम्दानी गरेको थियो ।

त्यसअघिको आर्थिक वर्षमा अर्घाखाँची सिमेन्टले ७ अर्ब ५८ करोड आम्दानी गरेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा ब्यापार खुम्चिएको रेटिङ्बाट देखिएको छ । पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा सिमेन्टहरुले भने भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् तर पछिल्ला दिनहरुमा भारतले निर्यातमा कडाइ गर्दा त्यसको असर सिमेन्ट कम्पनीमा परेको छ । नियामकीय अबरोधहरु दीर्घकालिन रुपमा अझै नहटेकाले कम्पनीलाई निर्यातमा अझै चुनौती कायमै रहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार घरेलु माग सुस्त छ । सोही कारणले पनि सिमेन्ट कम्पनीलाई चुनौती बढाएको छ ।

अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७ दशमलव ५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७ दशमलव ५ प्रतिशत लगानी छ ।

कम्पनी हाल ‘अर्घाखाँची सिमेण्ट’ ब्रान्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको थियो ।

अर्को नाम चलेको कम्पनी हो, मारुती सिमेन्ट । मारुती सिमेन्टले चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिनामा ३ अर्ब ९८ करोड आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ४ अर्ब ७५ करोडको आम्दानी गरेको थियो ।

यो सिमेन्टले पनि सोचेअनुसार आम्दानी गर्न सकेको छैन । मारुतीले केयर रिटङ कम्पनीको रेटिङ गराउँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि, बजारमा देखिएको अस्वथ्य प्रतिष्पर्धा, नियमकीय अबरोधले उल्लेख्य आम्दानी हासिल गर्न नसकेको देखाएको छ ।
मारुती सिमेन्ट लिमिटेडको स्थापना सन् १९९४ अक्टोबर ३१ मा भएको हो  । जसमा राठी समूह र गोयल समूहका कम्पनीहरू समावेश छन् । कम्पनी हाल सिमेण्ट उत्पादन तथा विक्रीमा संलग्न छ । यसले दैनिक १ हजार ५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने र २ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता राख्ने गरेको छ । कम्पनीले आफ्नो क्लिङ्कर उत्पादन क्षमता थप १ सय ८ सय मेट्रिक टन प्रतिदिन र उत्पादन क्षमता थप २ हजार मेट्रिक टन प्रतिदिनले बढाउने योजना राखेको छ ।

पुरानो नाम चलेको अग्नी सिमेन्टको नाफा समेत घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको छ । सन् २०२४ मा निर्माण कार्यले गति नलिँदा व्यापारमा कमी आएको छ । सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले व्यापार घट्नुको कारण मूल्यवृद्धि पनि एक देखिएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा विक्री गरेको थियो । तर सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको छ ।  कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।
सन् २००७ मा स्थापान भएको कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।